May 6, 2021, Thursday
२०७८ बैशाख २३

माओवादी केन्द्र्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता: सरकार अल्पमतमा

माओवादी केन्द्र्रद्वारा सरकारलाई दिएको समर्थन फिर्ता: सरकार अल्पमतमा

काठमाडौं – माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले गण्डकी प्रदेशमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। माओवादी केन्द्र गण्डकी प्रदेश संसदीय दलका नेता हरिबहादुर चुमानले प्रस्ताव फिर्ता लिएको बारेमा सभामुखलाई जानकारी गराएका छन्।

पृथ्वीसुब्बा गुरुङको नेतृत्वको गण्डकी प्रदेश सरकारलाई नेकपा माओवादी केन्द्रको समर्थन रहँदै आएकोमा नेकपा माओवादीसँगको सहमति माननीय पृथ्वीसुब्बा गुरुङले एकपक्षीय रुपमा उल्लंघन गर्नुभएकोले आजकै मितिबाट उहाँको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराउँछु,’ चुमानले भनेका छन्।

मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

मुख्यमन्त्री गुरुङविरुद्ध कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको गठबन्धनले प्रदेश सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएको छ। सहमति एकपक्षिय रूपमा मुख्यमन्त्री गुरूङले उलंघन गरेको आरोप माओवादीको छ।

नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११ र जनता समाजवादी पार्टी जसपाका २ सांसद गरी २८ जना सांसदको हस्ताक्षरसहित प्रदेश सभा सचिवालयमा मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ ।

अविश्वास प्रस्तावमा हस्ताक्षर नगरेको राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्तावको समर्थन गर्ने बताएको छ । यसका साथै २७ सांसद रहेको एमालेको सरकार अल्पमतमा परेको छ।

भर्खरै

लोकप्रिय