May 6, 2021, Thursday
२०७८ बैशाख २३

आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै,राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने

आज माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै,राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रको स्थायी कमिटी बैठक आज बस्दैछ ।
आज दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडाँमा बस्ने बैठकमा विकसित राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको प्रयासबारे बैठकमा छलफल हुने माओवादी नेताहरु बताउँछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई नैतिकताका आधारमा राजीनामा दिन दबाब दिँदा पनि उनले अटेरी गरेकाले अब समर्थन फिर्ताबारे निर्णय लिने तयारी भएको गणेश साहले जानकारी दिए । नयाँ सरकार निर्माणको समीकरण बन्न नसक्दा माओवादीले सरकारबाट समर्थन भने फिर्ता लिन सकेको छैन । यसअघि आइतबार प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा माओवादी केन्द्र सहभागी भएको थिएन ।

भर्खरै

लोकप्रिय