यू–१९ एसिया कपः उपाधिका लागि यूएई र बंगलादेश भिड्दै

यू–१९ एसिया कपः उपाधिका लागि यूएई र बंगलादेश भिड्दै

काठमाडौं । एसिसी अण्डर नाईन्टिन एसिया कपको उपाधिका लागि आज (आइतबार) बंगलादेश र युएईबीच प्रतिस्पर्धा हुँदैछ । दुबईमा आज यी दुईबीचको खेल बिहान पौने ११ बजे सुरु हुनेछ । सेमिफाइनलमा भारतलाई हराउँदै बंगलादेश र पाकिस्तानलाई हराउँदै युएईले फाइनलमा स्थान बनाएका हुन् ।

बंगलादेशले साबिक विजेता भारतलाई ४ विकेटले हरायो । भारतले दिएको १ सय ८९ रनको लक्ष्य बंगलादेशले ४२ ओभर ५ बलमा ६ विकेट गुमाएर भेट्टायो ।

अर्को सेमिफाइनलमा घरेलु टोली युएईले पाकिस्तानलाई ११ रनले हरायो । १ सय ९४ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४९ दशमलव ३ ओभरमा १८२ रनमात्र बनायो । एसियाकपमा सहभागी नेपाली युवाटोली भने समूह चरणबाटै बाहिरिएको थियो ।

लोकप्रिय