May 6, 2021, Thursday
२०७८ बैशाख २३

सरकारले कोभिड-१९ को दोस्रो लहरको जोखिम कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी

सरकारले कोभिड-१९ को दोस्रो लहरको जोखिम कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी

काठमाडौं – सरकारले कोभिड–१९ को दोस्रो लहरको जोखिम कम गर्न नयाँ स्वास्थ्य मापदण्ड जारी गरेको छ । नयाँ मापदण्डमा शिक्षण संस्था र भीडभाड हुने थलो बन्द गर्नेदेखि रेष्टुरेन्ट र सार्वजनिक यातायातमा जनस्वास्थ्यका मापदण्डमा कडाइ गर्नेसम्मका निर्णय छन् ।

कोभिडको संक्रमण रोकथामका लागि मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले ती मापदण्डलाई पालना नगर्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार कार्वाही गरिने बताए । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले अब होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने बताएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना महामारी रोकथामका लागि आदेश जारी गर्दै होटल तथा रेस्टुरेन्ट बिहान आठदेखि बेलुका आठ बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको गरेको जानकारी गराएको छ । मास्क नलगाएका यात्रुलाई १० रुपैयाँ लिएर मास्क उपलब्ध गराउन पनि सरकारले निर्देशन दिएको छ ।

भर्खरै

लोकप्रिय