June 15, 2021, Tuesday
२०७८ असार १

काठमाडौं उपत्यकामा १६ गतेबाट लकडाउन हुदै : अत्यावश्यक सेवा संचालनमा आउने

काठमाडौं उपत्यकामा १६ गतेबाट लकडाउन हुदै : अत्यावश्यक सेवा संचालनमा आउने

काठमाडौं-उपत्यकामा निषेधाज्ञा अर्थात (लकडाउन) हुने भएको छ।

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको सोमबार बसेको बैठकमा निषेधाज्ञा (लकडाउन) गर्ने सहमति गरेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार निषेधाज्ञा (लकडाउन)मा के गर्न पाइने र के गर्न नपाइने भन्नेवारे खाका तयार भइरहेको जनाएका छन् ।

खाका तयार भइसकेपछि गृहसचिव महेश्वर न्यौपानेसँग छलफल गरेर निर्णय सार्वजनिक गर्ने तयारी सीडीओहरुको रहेकाे छ।

संक्रमण फैलिन नदिन थप निर्णय गर्नका लागि प्रमुख जिल्ला अधिकारीहरुले सरकारलाई समेत सिफारिस गर्ने तयारी गरेका छन्।

मन्त्रिपरिषद्वाट गर्नुपर्ने निर्णय के के हुनेछन् भनेर त्यो पनि खाका तयार भइरहेको उनले बताए।

अत्यावश्यक सेवा भने निषेधाज्ञाका बिच पनि संचालनमा आउने व्यवस्था मिलाइएको छ।

भर्खरै

लोकप्रिय