June 14, 2021, Monday
२०७८ असार १

पशुपति आर्यघाटमा कोरोना संक्रमित शवकाे लाईन : शव वाग्मती नदी किनारमा पनि जलाउन थालियाे

पशुपति आर्यघाटमा कोरोना संक्रमित शवकाे लाईन :  शव वाग्मती नदी किनारमा पनि जलाउन थालियाे

काठमाडौं-काठमाडौं उपत्यकामा कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट मृत्यु हुनेहरुको संख्या बढेसँगै शव वाग्मती नदी किनारमा पनि जलाउन थालिएको छ ।

कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको शव पशुपति आर्यघाटमा विद्युतीय शवदाह गृहमा मात्र व्यवस्थापन गर्न नसक्ने अबस्था श्रृजना भएपछि नजिकै वाग्मती नदी किनारमा शव जलाउन थालिएको हो ।

संक्रमितहरुको शव व्यवस्थापन गर्दै आएको नेपाली सेनाका अनुसार पछिल्ला दिनमा दिनको २० देखि ३० जनासम्मको शव व्यवस्थापन गर्नुपरेको छ ।

आइतबार नेपाली सेनाले ३१ वटा शव व्यवस्थापन गरेको थियो । सोमबार दिउँसो २ बजेसम्म २७ वटा शव व्यवस्थापनका लागि अनुरोध आएको नेपाली सेनाका प्रवक्ताले जानकारी दिएका छन् ।

विद्युतीय शव दाह गृहबाट मात्र शव ब्यवस्थापन गर्न सम्भव नहुने भएकाले पशुपति क्षेत्र विकास कोषसँग समन्वय गरेर बाहिर पनि जलाउन थालिएको हो बताईएको छ ।

संक्रमितको शव व्यवस्थापनका लागि सेनाले शवदाह गृह नजिकै वाग्मती नदी किनारमा ८ वटा चिता तयारी अबस्थामा राखेको छ ।

भर्खरै

लोकप्रिय