May 6, 2021, Thursday
२०७८ बैशाख २३

निषेधाज्ञामा थप कडाइ गरिने : प्रधानमन्त्री

निषेधाज्ञामा थप कडाइ गरिने : प्रधानमन्त्री

काठमाडौं – कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञामा थप कडाइ गरिने भएको छ ।
सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गदै जारी भएका निषेधाज्ञा थप कडाइ गर्ने जानकारी दिएका हुन् ।

सम्बन्धनकै क्रममा प्रधानमन्त्री ओलीले सरकारले सबै प्रकारका सामुदायिक स्थलसहित होटललाई समेत क्वोन्टिनका रुपमा प्रयोग गर्ने समेत जानकारी दिए । उनले सार्वजनिक स्थललाई उचित प्रबन्ध गरेर क्वारेन्टिन बनाउने घोषणा गरेका हुन् ।

ओलीले भने,‘सबै प्रकारका सामुदायिक स्थल, रंगशाला, सभाहल, पार्टी प्यालेस, होटल, कारखाना, गोदामघर लगाएका संरचनाहरु प्रयोग गरेर सुविधायुक्त क्वारेन्टिन आइशोलेसन केन्द्र बनाइनेछ । उनले अस्पतालबाहेक अन्यत्र अक्सिजनको आपुर्ति बन्द गर्ने र निर्यात गर्नेलाई कानूनी कारबाही गर्ने घोषणा समेत गरे ।

प्रधानमन्त्री ओलीले ठूला अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गरिने बताए। उनले बिरामीको उपचारबाहेक अन्य क्षेत्रमा अक्सिजनको आपूर्ति बन्द गरिने जानकारी दिए।

ओलीले सबै अस्पतालमा अक्सिजनको स्टक राखिने बताउँदै यसमा कालोबजारी गर्ने वा लुकाउनेलाई कडा कारबाही हुने जानकारी दिए । प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि जारी निषेधाज्ञामा थप कडाइ गरिने उनको भनाइ छ ।

भर्खरै

लोकप्रिय