May 6, 2021, Thursday
२०७८ बैशाख २३

भारतमा कोभिड–१९ संक्रमितको संख्या दुई करोडभन्दा बढी, दुई लाख २२ हजार ४०८ को मृत्यु

भारतमा कोभिड–१९ संक्रमितको संख्या दुई करोडभन्दा बढी, दुई लाख २२ हजार ४०८ को मृत्यु

काठमाडौं – भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या दुई करोडभन्दा माथि पुगेको छ ।
पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै संक्रमित थपिएसँगै कुल संख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ । स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना संक्रमित थपिएका छन् । सो अवधिमा तीन हजार ४४९ कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । मङ्गलबार दिउसोसम्ममा सक्रिय संक्रमितको संख्या ३४ लाख ४७ हजार १३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कुल संक्रमितको संख्या दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ भने अहिलेसम्म दुई लाख २२ हजार ४०८ व्यक्तिको संक्रमणका कारण स्वास्थ्यमा आएको जटिलताका कारण मृत्यु भएको छ ।

भारतमा हालसम्म १५ करोड ७१ लाख ९८ हजार २०७ जनाले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदा दोस्रो लहरको महामारीबाट भारतको स्वास्थ्य प्रणाली शिथिल बनेको छ ।

अस्पतालमा शै्यया तथा औषधि र अक्सिजनको अभाव हुँदा बचाउन सकिने संक्रमितकोहरुको पनि ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

१८ वर्षमाथिकालाई खोप लगाउन थालिएको भए पनि धेरै राज्यहरुले खोपको अभाव रहेको बताएका छन् । खोप उत्पादक सेरम इन्स्टिच्यूडका प्रमुखले यसअघि आज नै खोपको अभाव आउँदो जुलाईसम्मै कायम रहन सक्ने चेतावनी दिनुभएको छ ।

भर्खरै

लोकप्रिय