May 6, 2021, Thursday
२०७८ बैशाख २३

नेपालमा एकैदिन ७ हजार ६६० कोरोना संक्रमित,५५ जनाको मृत्यु

नेपालमा एकैदिन ७ हजार ६६० कोरोना संक्रमित,५५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १३१ पीसीआर परीक्षणमा ७ हजार ५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण गरी जम्मा ७ हजार ६६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २७ सय ७९, भक्तपुरमा ५१३ र ललितपुरमा ६०१ जनामा गरी कुल ३ हजार ८ सय ९३ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।

भर्खरै

लोकप्रिय