June 15, 2021, Tuesday
२०७८ असार २

नेपालमा एकै दिनमा ८ हजार ६५९ जनामा कोरोना संक्रमण,५८ जनाको मृत्यु

नेपालमा एकै दिनमा ८ हजार ६५९ जनामा कोरोना संक्रमण,५८ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वाथ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जनाकारी दिएअनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ६०५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।

२० हजार ७५६ जनाको पीसीआर र ६१६ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएका हो । योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० रहेको छ ।

बुधबारसम्म कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १ हजार ९९३ रहेको छ । हालसम्म देशभर २ लाख ८९ हजार ७८३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ३ हजार ४७५ जनाको मृत्यु भएको छ ।

भर्खरै

लोकप्रिय