हेरा फेरी–३ को विवाद अदालत पुग्यो
काठमाडौं । बलिवुड फिल्म हेरा फेरी ३ मा परेश रावलले काम गर्न अस्वीकार गरेपछि शुरु भएको विवाद अब अदालतमा जाने भएको छ ।
फिल्मका निर्मातासमेत रहेका अभिनेता अक्षय कुमारले पहिलो पटक यस विषयमा प्रतिक्रिया दिएका छन् । उनले यो एकदमै गम्भीर विषय भएको र यस विवादको निर्णय अदालतबाट मात्र हुने बताएका छन् ।अक्षय कुमार हालै हाउसफुल ५ को ट्रेलर लन्च कार्यक्रममा उपस्थित भएका थिए ।
यस क्रममा, जब उनलाई परेश रावलले हेरा फेरी ३ छोडेको बारेमा सोधियो, अभिनेताले जवाफ दिए, सबैभन्दा पहिले उनको बारेमा केहि पनि गलत भन्न बन्द गर्नुहोस् । ‘ म विगत ३०/३२ वर्षदेखि उहाँसँग काम गर्दै आएको छु । हामी धेरै मिल्ने साथी हौं । उहाँ एक उत्कृष्ट अभिनेता हुनुहुन्छ र म उहाँलाई धेरै सम्मान गर्छु । मलाई लाग्दैन कि यो यस विषयमा छलफल गर्ने ठाउँ हो । यो गम्भीर विषय हो र जे हुनु पर्ने हो त्यो अदालतमा नै फैसला हुनेछ । त्यसैले, म यहाँ यसबारे केही भन्न चाहन्न ।’
परेश रावलले हालै हेरा फेरी ३ छोडेकोमा प्राप्त कानुनी सूचनाको बारेमा आफ्नो मौनता तोडेका थिए । उनले उनका वकिलले कानुनी जवाफ पठाएको र अब यो विषय शान्त हुने बताएका थिए । परेश रावलका वकिलहरू आनन्द र नाईकले यस विवादका बारेमा भनेका छन्– परेश रावललाई न त फिल्मको कथा दिइएको थियो, न पटकथा न त परियोजनामा सामेल हुन आवश्यक सम्झौताको कुनै मस्यौदा दिइएको थियो । यसबाहेक, मूल फिल्मका निर्माता नाडियाडवालाले आफ्नो क्लाइन्ट (परेश रावल) लाई नोटिस पठाए र फिल्म निर्माणमा आपत्ति जनाए, त्यसैले उनका क्लाइन्टले परियोजना छोडे र ब्याजसहित पैसा फिर्ता गरे ।


प्रतिकृया दिनुहोस्