पुनः कोरोना संक्रमणको जोखिम बढ्यो

पुनः कोरोना संक्रमणको जोखिम बढ्यो

काठमाडौ

पछिल्लो केही दिनयता उपत्यकामा कोरोना भाइरसको संक्रमण दर निकै बढ्दो छ । कोरोना संक्रमणको कारण मृत्यृदर पनि उकालो लाग्दै गएको छ । उपत्यकाका अस्पतालहरुको आइसीयुहरु भरिएको छन् ।
गृह मन्त्रालय अन्र्तगत रहेर ट्राफिक प्रहरीहरुले केही दिनयता तपाईको मास्क खाई ? भन्ने अभियान चलाएको छ । आफ्नो घरबाट बाहिर निस्किदाँ अनिवार्य मास्क लगाउनुपर्ने नियमसाथ यो अभियान चलाएको हो ।
सार्वजनिक यातायातमा यात्रा गर्दा होस्, पसलमा सामान खरिद गर्न जाँदा होस् वा बाटोका हिड्दा होस् अनिवार्य रुपमा मास्क लगाउनुपर्छ । सरकारले योसंगै व्यापारी र सर्वसाधारणहरुलाई अन्य स्वास्थ्य मापदण्डहरु बनाएको थियो । पसलेले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, पसलमा स्यानिटाइजर राख्नुपर्ने नियम सरकारले पसल सञ्चालन गर्ने व्यापारीहरुको निमित्त बनाएको थियो । सर्वसाधारणले घर बाहिर निस्किदा मुखमा मास्क लगाउनुपर्ने, भौतिक दुरी पालना गर्नुपर्ने, स्यानिटाइजरको प्रयोग जस्ता सुरक्षा मापदण्डहरु सर्वसाधारणले पालना गर्नैपर्ने नियमहरु हुन् ।
तर व्यापारीदेखि लिएर सर्वसाधारणले समेत सरकारको स्वास्थ्य मापदण्ड पालना गरेको छैन् । जुन सरकारको नियम विपरीत हो । सरकारले बनाएको स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना नगर्दा कोरोना भाइरसले विकराल रुप लिइरहेको छ । कोरोना संक्रमण नफैलियोस् भनेर सरकारको निर्णयलाई आमनागरिकहरुले साथ नदिदाँ प्रत्येक दिन कोरोना संक्रमितको मृत्यृुर बढिरहेको छ ।
हामी नेपाली भुमिमा जन्मियौ । नेपाली नागरिक हौ । नेपाल सरकारको कानुन हामीमा लागु हुन्छ । एउटा बालकलाई नागरिक बनाउनको लागि नेपाल सरकारको ठुलो लगानी परेको हृुन्छ । नेपाली जनतालाई केही भइहाल्यो भने नेपाल सरकारले घाटा व्यहोरेको हुन्छ । त्यस्तै कोरोनाबाट नेपाली जनता बचाउनु नेपाल सरकारको दायित्व हो ।

लोकप्रिय