हुने नै भयो कांग्रेस महाधिबेशन

हुने नै भयो कांग्रेस महाधिबेशन

काठमाडौ । नेपाली कांग्रेसले आफ्नो १४ औं महाधिवेशन पटक–पटक मिति सारेर हिजो श्रावण ३० गते केन्द्रिय समितिबाट अन्तिम टुंगो लगाएको छ । केन्द्रिय समितिले आउँदो मंसिर ९ गतेबाट १३ गते सम्म महाधिबेशन गर्ने निर्णय सार्वजनिक गरेको छ ।

यसको प्रसथन बिन्दु, भाद्र १८ गते नगर र गाउँपालिकाको वडा अधिबेशन अथवा नगर, गाउँपालिकाबाट आफ्ना क्षेत्रीय प्रतिनिधि र वडा कार्य समितिको निर्वाचन गरेर नयाँ नेतृत्वको चयन प्रक्रिया को बिधिवत आरम्भ गर्ने भएको छ ।

गत १२ गतेबाटै हुनुपर्ने वडा अधिवेशन, क्रियाशील सदस्यताको अन्तिम टुंगो नलागेको कारण हुन सकेन । बल्ल केन्द्रिय समितिले कृष्ण सिटौला, मिनेन्द्र रिजाल र रमेश लेखकलाई भाद्र २ गतेसम्ममा क्रियाशिल सदस्यताको बिषय टुंग्याउन म्याण्डेट दिएको छ ।

नेपाली कांग्रेसले १४ औं महाधिवेशनमा पहिलो पटक गाउँ नगर सभापतिको चयन पनि वडा तहबाट आउने प्रतिनीधिबाट गर्ने ब्यबस्था गरेको छ । यस भन्दा अगाडी नगर सभापतिको मतदाता नगर भरिका क्रियाशिल कार्यकर्ता हुने व्यवस्था थियो ।

यसपाली कोरोना कहरको कारण नगर सभापतिको मतदान खुल्ला नहुने वताईए पनि कार्य समिति भने क्रियाशिलले नै चयन गर्ने भनिएको छ । त्यसोत, काठमाण्डौ महानगरभित्र मात्र क्रियाशील सदस्य चालिस हजार भन्दा बढी रहेका छन् ।

होला त अधिबेशन ?

नेपाली कांग्रेसका पुराना नेताहरु सिण्डिकेट प्रणाली लागु गरेर नेतृत्वमा बसिरहेका छन् । पार्टीले स्थानीय तह र संघीय निर्वाचनमा नराम्री पराजय भोग्दा पनि पार्टीमा न त नयाँ नेतृत्व आयो, न पुरानो नेतृत्वले पराजयको जिम्मेवारी लियो ।

वर्तमान सभापति देउवाले गराएको स्थानिय र संसदिय चुनावमा कांग्रेसले हार ब्यहोर्नु पर्दथ्यो भन्छन् कांग्रेस महाधिवेशन पनि कांग्रेस सभापति देउवाले गराउँदा पराजित हुनुपर्ने त्रासको कारण केन्द्रिय महाधिवेशन पटक पटक सारेको हो ।

फेरी पनि सार्ने काम गर्दैनन् भन्ने अबस्था छैन । भनिन्छ यसपाला देउवाका बलिया सहयोगी बिमलेन्द्र नीधि र गोपालमान श्रेष्ठले पनि आफैं सभापती बन्ने चाहनाले देउवाको साथ छोड्ने सिनारियो देखिन्छ ।

यदि देउवा क्याम्पबाट साँचै यी दुई हस्तिहरुले बाहिरिए भने देउवा साँचै कमजोर उम्मेदवार ठहर्ने हुँदा त्यो अबस्थामा हार्ने चुनाव देउवाले पक्कै गराउनेछैनन् । जवसम्म रामचन्द्रका बलिया हनुमान, सुग्रिब र अंगद जस्तालडाकु आफ्नो टिममा भित्र्याउन सक्दैनन् ।

त्यसकारण पनि देउवा आफ्नो जित निस्चित नदेखुन्जेल महाधिबेशन गर्दैनन् भन्ने एकथरिको अनुमान छ । यतिबेला सत्ता सम्हालेका देउवा निर्विकल्प देखिएका छन् ।

सभापतिका दाबेदार कति

नेपाली कांग्रेसको आसन्न अधिबेशनमा वर्तमान सभापति शेरबहादुर देउवाको अलावा उपसभापति बिमलेन्द्र र गोपाल मानले पनि दावि छाडेका छैनन् । भने देउवाका निकटतम प्रतिद्वन्दी रामचन्द्र पौडेलको उम्मेदवारीको पनि चर्चा यथावत छ । साथै प्रकाशमान सिंह, अर्जुन नरसिंह केसी, डा शशाँक कोइराला, शेखर कोइरालाले पनि सभापतिको उम्मेदवार बन्ने आकाँक्षा देखाएका छन् ।

यसपाला कांग्रेसका पुराना केन्द्रिय सदस्यहरु नराम्ररी बढारिने अवस्था देखिएको कारण पनि महाधिवेशनको मिति धकेल्न देउवालाई उनीहरुले साथ दिएका हुन भन्ने बिष्लेशन गर्न थालिएको छ । महाधिवेशनको उदघाटन नगरुन्जेल पटक–पटक सरेको महाधिबेशन, कोरोना महामारी वा संसदिय निर्वाचनको अबस्था वा कुनै दैवी प्रकोपको बहानामा फेरी महाधिबेशनको तालिका फेरबदल हुँदैन भन्न सकिन्न । जे होस कांग्रेसीहरु अब महाधिबेशनको तयारीमा जुट्न थालेका छन् ।

अघिल्लो महाधिबेशन नै खर्चिलो र भड्किलो देखिएकोमा झन ह्वात्तै बढेका क्रियाशील र प्रतिनिधिहरुमाझ कांग्रेस निर्वाचन समितिले कतिको मितव्यायी बनाउन सक्छ, त्यो भने आगामी दिनहरुमा देखिने नै छ ।

लोकप्रिय