ग्लोबल आइएमई बैंकको नायव प्रमुखकार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

ग्लोबल आइएमई बैंकको नायव प्रमुखकार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

 

काठमाडौँ ।
ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त हुनुभएको हो । २०७८ साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यण अनुसार रेग्मी नायव प्रमुख कार्यकारी अधिकृतमा भाद्र १ गतेदेखि लागू हुने गरी बढुवा हुनुभएको हो ।
करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गर्नुभएको थियो ।
रेग्मीले अहिले ग्लोबल आइएमई बैंकको कर्जा तर्फ साना तथा मझौला÷खुद्राकर्जा, अपरेशन तथा सामान्य प्रशासन विभागको समेत सुपरिवेक्षण गर्नुहुन्छ ।
रेग्मीले वेलायतको युनिभर्सिटि अफ वेल्सबाट सन् २००१ मा एमबीए गर्नुभएको छ ।
बैंकिङ्ग क्षेत्रसँग सम्बन्धी दर्जनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिमहरु लिनु भएका रेग्मी मर्जर व्यवस्थापन तथा कर्जा लगानी क्षेत्रमा अब्बल हुनुहुन्छ ।

लोकप्रिय