अध्यक्ष प्रचण्डको स्वास्थ्यमा समस्या, के भएको हो ? कोभिड १९ को रिपोर्ट यस्तो छ
काठमाडौं – बर्तमान सरकारका सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्यमा गम्भीर समस्या देखिएको छ ।
यस सम्बन्धमा पार्टी अध्यक्ष प्रचण्डको सचिवालयले उनी सामान्य बिरामी भएको जानकारी दिएको छ ।
स्वास्थ्य समस्या भएर घरमै आराम गरिरहेका अध्यक्ष प्रचण्डको स्वास्थ्यबारे चासो व्यक्त भइरहँदा सचिवालयले स्पष्ट पारेको छ ।
अध्यक्ष प्रचण्डलाई सामान्य रुघाखोकी र ज्वरो आएको प्रचण्डपुत्री तथा स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन् ।
दाहालले भनेकी छन्, ‘देश विदेशबाट धेरै साथीहरुले श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डको स्वास्थ्यको बारेमा बुझ्न खोज्नुभएको छ । अध्यक्षलाई सामान्य रुघाखोकी र ज्वरो आएको, कोभिड टेस्ट गर्दा नेगेटिभ रिपोर्ट आएसँगै अहिले अवस्था सामान्य रहेको छ ।’
प्रतिकृया दिनुहोस्