दुई मोटरसाइकल एक आपसमा नराम्ररी ठोक्किँदा लागेकाे आगाेले तीनजनाको घटनास्थलमै मृत्यु

दुई मोटरसाइकल एक आपसमा नराम्ररी ठोक्किँदा लागेकाे आगाेले तीनजनाको घटनास्थलमै मृत्यु

वीरगञ्ज – बारा जिल्लामा पर्ने जितपुर सिमरा उप महानगरपालिकामा दुईवटा मोटरसाइकल एक आपसमा नराम्ररी जुध्दा लागेकाे  आगाेले जलेर मोटरसाइकलमा सवार तीनजनाको घटनास्थलमै मृत्यु भएको छ।

शनिबार राति साढे दश बजेको समयमा जितपुर सिमरा उपमहानगरपालिका–१६ टाँगिया बस्ती नजिकै भएको दुर्घटनामा परि तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्व पश्चिम राजमार्ग सडक खण्ड अन्तर्गत प्र.२–०३–००२ प ५३३५ र विपरीत दिशाबाट आउँदै गरेको बा ६५ प २७५६ नम्बरको मोटरसाइकल जाेडले ठोक्किँदा दुवै मोटरसाइकलमा एक्कासी आगो लागेको थियो।

दुर्घटनामा प्र.२–०३–००२ प ५३३५ नम्बरको मोटसाइकल चालक निजगढ नगरपालिका–९ बस्ने १६ वर्षीय विकाश साह र मोटरसाइकलको पछाडि सवार उनकी फुपु पर्साको बहुदरमाई नगरपालिका–४ डकैला बहुअरी बस्ने ३५ वर्षीय सुनैना देवी साह र बा ६५ प २७५६ नम्बरको मोटरसाइकल चालक नुवाकोट जिल्लाको घुङताङ–३ बस्ने ४० वर्षीय टुलुराज तामाङको घटनास्थलमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्ल जानकारी दिए।

फाइल तस्वीर

लोकप्रिय