भक्तपुर कांग्रेसमा रोचक भिडन्त: जिल्ला सभापतिदेखि वडा तहसम्म को को छन् उम्मेदवार ?

भक्तपुर कांग्रेसमा रोचक भिडन्त: जिल्ला सभापतिदेखि वडा तहसम्म को को छन् उम्मेदवार ?

काठमाडौ । भाद्र २ मा क्रियाशील सदस्यता सम्बन्धि अन्तिम टुँगो पु¥याईने भनेको नेपाली कांग्रेसको सदस्यता सम्बन्धि समस्याको सप्तरी बाहेकका अन्य जिल्लाहरुमा टुँगो लागेको कांग्रेस स्रोतको भनाई छ ।

देशभरका क्रियाशिल सदस्य अन्तिम नामावली केन्द्रीय नेतृत्व समक्ष बुझाउँदैछन् । भाद्र १८ मा गाउँ, नगर, वडा प्रतिनीधि छनौट हुँदै आगामी मंसिर ९–१३ सम्म काठमाण्डौमा केन्द्रीय महाधिवेशन गर्ने अन्तिम पटक केन्द्रिय समितिले निर्णय गरेको छ ।

कृष्ण प्रसाद सिटौलाको संयोजनमा गठित मिनेन्द्र रिजाल र रमेश लेखक भएको उच्चसतरिय समितिले २ भाद्रमा क्रियाशिल सदस्यताको छिनोफानो गरी बुझाउने भनेकोमा केही अलमल भएतापनि आज प्रतिबेदन बुझाउने भएको छ ।

क्रियाशिलको बिषयमा भएको बिबादले निकास पाएसंगै अव भने महाधिबेशन तोकिएकै मितिमा हुने देखिन्छ । अधिवेशनमा कांग्रेस नेता कार्यकर्यकर्ता मैदानमा भिड्न जम् जमाउन थालेका छन् ।

क्रियाशिलको छिनो फानो र निर्वाचन निर्देशिकाको टुँगोमा सहमति भएसँगै नेपाली कांग्रेस भक्तपुरका कांग्रेसहरु पनि रफ्तारले अगाडी बढेका छन् ।

भक्तपुर कांग्रेस सभापतिमा को को छन् आकांक्षी ?

अघिल्लो अधिवेशनमा शेरबहादुर देउवाका उम्मेदवार र प्रकाशशरण निकट भनिएका एकै (देउवा) क्याम्पबाट दुई जनाले उम्मेदवारी दिँदा पनि प्रकाश शरण निकट दुर्लभ थापा निर्वाचित भएका थिए ।

शेर बहादुर देउवाका आशिर्वाद प्राप्त गणेशमान चक्रधर दोश्रो समेत भएनन् । बरु थोरै मतान्तरले दोश्रो चरणमा प्रकाशमान सिंह निकट अष्ट कवे थापाका निकटतम प्रतिद्वन्दी भएर पराजित भएका थिए ।

आउँदो जिल्ला अधिवेशनमा भक्तपुरबाट झण्डै एक हजार क्षेत्रीय प्रतिनिधिले जिल्ला सभापतिलाई मत दिन पाउनेछन् । पहिला जस्तो सिमित नभै असिमित मतदाता हुने हुँदा जिल्ला निर्वाचनलाई सहजै आफ्नो पक्षमा पार्न जति कठिनछ, त्यो भन्दा कठिन त जिल्लामा बिभिन्न गुट उपगुटमा रहेका कांग्रेस नेताहरुलाई समेट्न देखिएको छ ।

हिजो कांग्रेसकै उम्मेदवारलाई हराउन पैसा खाएको आफुँसग प्रमाण भएको आरोप लगाउने र आरोप खानेहरु बिना हिचकिचाहट एकै मैदानमा भिड्न तयार देखिएका छन्, भक्तपुरमा ।

दुई निर्वाचन क्षेत्र भएको भक्तपुरमा चाँगु नगरपालिकामा नगर मा क्रियाशिल सदस्य संख्या २ हजार ६ सय २२ छन् । चाँगु नगरपालिकाबाट जम्मा २४४ जना प्रतिनिधि हुनेछन् । चाँगुनगर सभापतिमा सोमप्रधान बलियो दाबेदार देखिएका छन् ।

त्यस्तै वर्तमान नगरसभापति शिवहरी केसी र यादव अधिकारीले पनि सभापतिमा उम्मेदवारी दिने चाँगु कांग्रेस बृतमा चर्चा चलेको छ । त्यस्तै भक्तपुर नगर पालिकामा पनि सभापतिमा रबिन्द्र प्रधान र शिव अबालको बीचमा प्रतिस्पर्धा हुने देखिएको छ । दश वडा रहेको भक्तपुरमा १ हजार १ सय ६० क्रियाशिल सदस्य रहेका छन् । प्रत्येक वडाबाट १६ जनाका दरले प्रतिनिधि आउँछन् ।

उता काँग्रेसको बलियो मानिएको मध्यपुर नगरपालिकाका नगर मा ३ हजार ६ सय ६४ क्रियाशिल सदश्य रहेका छन् । नगरको ४ नं वडामा सबैभन्दा बढी ७ सय १८ क्रियाशिल सदस्य रहेका छन्, जहाँबाट ६५ प्रतिनिधि र एक जना सभापति गरि ६६ जना क्षत्रिय प्रतिनिधि हुन्छन् ।

मध्यपुरबाट जम्मा ३ सय २४ प्रतिनिधि चयन हुनेछन् । सभापतिमा वर्तमान सभापति सुरेन्द्र श्रेष्ठलगायत राम थापा मगर, ओम श्रेष्ठ, हरिदास प्रजापती र अनिल श्रेष्ठ बीचमा तीब्र प्रतिस्पर्धा हुने देखिन्छ । आफ्नो उम्मेदवारलाई जिताउन जिल्लास्तरिय नेताहरु मेहनत गरिरहेका देखिन्छन् ।

उता सूर्यबिनायक नगरपालिकामा भने २ हजार ८ सय ४३ क्रियाशिल सदस्य रहेका छन् । जहाँबाट जम्मा २ सय ६० प्रतिनिधिले मताधिकार पाउँछन् । होनाहार प्रतिस्पर्धीहरु, हर्ताकर्ता जिल्ला सचिव निशान ढुंगेलले नगरसभापतिको उम्मेदवारी दिने बताएका छन् भने कांग्रेसका लडाकु रबी राणाले पनि उम्मेदवारी दिंदैछन् । गणतन्त्रको शान्तिपुर्ण युद्वमा नेबिसंघको नेतृत्व गरेर मैदानमा भिडेका धर्मराज कार्कीले पनि सभापतीमा उम्मेदवारी दिने बताएका छन् ।

यसपाला नगर सभापतिहरुको निर्वाचनका मतदाता वडातहबाटै छनौट भएर आउने क्षेत्रिय प्रतिनीधिहरु हुने हुँदा नगर सभापतिको निर्वाचन कसिलो हुने निश्चित छ ।

संघीय निर्वाचन क्षेत्र १ को क्षेत्रिय अध्यक्षमा भने संकट कालका नेबिसंघ भक्तपुरका सभापति सुरेश श्रेष्ठ र वर्तमान क्षेत्रिय सभापति जीबन खत्रीका बिचमै प्रतिस्पर्धा हुनेछ ।

चाँगु प्रदेशमा भने अहिलेसम्म उद्वव खड्का एकमात्र उम्मेदवार देखिएका छन् । त्यस्तै भक्तपुर नगर प्रदेशमा भने गत निर्वाचनमा प्रशेससभाका कांग्रेसका प्रत्यासी अनिल भुजुमात्र मैदानमा देखिएका छन् ।

त्यस्तै क्षेत्र न २ का क्षेत्रीय अध्यक्षमा उद्वव सिलवाल, नारायण खयमली र डिएलएका पूर्व केस एवै भक्तपुरबारका वर्तमान कोषाध्यक्ष सरोज तुछे बिच प्रतिस्पर्धा हुने बुझिएको छ ।

क्षेत्र नं २ का प्रदेशक र ख दुबैमा जोडदार रुपमा दावी गरेका छैनन् । अब भक्तपुर जिल्ला सभापतिको निर्वाचनमा पाँच नगर सभापतिको निर्वाचन परिणामबाट मात्र जिल्ला सभापतिमाको पहिलो हुने भन्ने ठम्याउन सकिन्छ ।

तै पनि वर्तमान जिल्ला सभापति दुर्लभ थापा र अघिल्लो अधिबेशनका निकटतम प्रतिस्पर्धी अष्ट कबे बिच नै टक्कर हुने देखिए पनि, मध्यपुरका पूर्व मेयर मदनकृष्ण श्रेष्ठ र गणेश चक्रधरले पनि जिल्ला सभापतिका आकांक्षी देखिएका छन् ।

लोकप्रिय