मुग्लिन–नारायणगढ सडक खण्ड पूर्ण रुपमा सञ्चालन

मुग्लिन–नारायणगढ सडक खण्ड पूर्ण रुपमा सञ्चालन

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्ड पुनः पूर्ण सञ्चालनमा आएको छ । आज (सोमबार) बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको थियो । सुरक्षाकर्मीसहितको टोलीले पहिरो हटाएपछि सडक दुईतर्फी रुपमा सञ्चालन भएको छ ।

पहिरो झरेको ठाउँमा एउटा मालबाहक ट्रक पनि पल्टिएको थियो । उक्त ट्रकलाई साइड लगाएर सडक सञ्चालनमा ल्याइएको प्रहरीले जनाएको छ । यसअघि शनिबार राति साढे ११ बजेदेखि बन्द भएको सडक आइतबार बेलुका ६ मात्रै खुलेको थियो । त्यसअघि पनि बिहीबारदेखि बन्द भएको सडक शुक्रबार ५ बजेतिर मात्रै खुलेको थियो ।

राजधानी काठमाडौंको लाइफलाइन मानिने यो सडकखण्ड पहिरोले पटक–पटक अवरुद्ध हुँदा सयौं सवारी साधनसँगै यात्रुहरु घण्टौं जाममा परेर समस्या भोगीरहेका छन् ।

लोकप्रिय