आज गुरु पूर्णिमा मनाइँदै
काठमाडौं । असार शुक्ल पूर्णिमाका दिन आज (सोमबार) गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ ।
‘गु’को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारको नाश गराउने व्यक्तिलाई गुरु मानिन्छ । अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तिलाई नै गुरु भनिन्छ ।
यस्ता गुरुलाई हिन्दू शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपमा समेत मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ ।

प्रतिकृया दिनुहोस्