गिरिजालाई राष्ट्रपति प्रस्ताव नगरेकोमा पश्चात्ताप छ – प्रधानमन्त्री प्रचण्ड

गिरिजालाई राष्ट्रपति प्रस्ताव नगरेकोमा पश्चात्ताप छ – प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप भएको बताएका छन् । आफू गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीका रूपमा रहँदा तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपतिका रूपमा प्रस्ताव गर्नु पर्ने भए पनि नगरेकोमा आफूलाई पश्चात्ताप लागेको उनले बताए ।

‘म गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदै गर्दा गिरिजाप्रसाद कोइरालालाई पहिलो राष्ट्रपति प्रस्ताव गर्नैपर्थ्यो । मैले सकिनँ, मलाई पश्चात्ताप छ,’ कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले भने ।

आफूले त्यसबेला प्रधानमन्त्रीबाट राजीनामा दिने मनस्थिति बनाएपछि गिरिजाले राजीनामा नदिन पटकपटक भनिराखेको प्रधानमन्त्री दाहालको सम्झे । ‘अस्पतालमा उहाँ मृत्युसँग जुधिराख्नुभएको थियो ।

मलाई बोलाएर समाल्नु देश भनेका कुराहरूले मलाई गिरिजाप्रसाद कोइरालाप्रति आस्था, विश्वास भइराख्यो,’ उनले भने, ‘उहाँको निधन भइसक्यो । शान्ति र संविधानको रक्षा गर्ने कुरामा मेरो जिम्मेवारी र दायित्व छ भन्ने कुराको प्रेरणाको स्रोत गिरिजा नै हो ।’

लोकप्रिय