मुस्ताङ्गी राजाका छोराको बिहेमा लोमन्थाङमा गाउँपालिकाभर आज सार्वजनिक बिदा

मुस्ताङ्गी राजाका छोराको बिहेमा लोमन्थाङमा गाउँपालिकाभर आज सार्वजनिक बिदा

काठमाडौँ । मुस्ताङको लोमन्थाङ गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले मुस्ताङ्गी राजा झिग्मी सिङ्गी पलवर विष्टका छोरा (राजकुमार) झिग्मी धिण्डुप फुन्छोक पलवर विष्टको विवाहका लागि भन्दै सोमबार सार्वजनिक बिदा दिएको हो ।

गाउँपालिकाको कार्यालय, यस मातहतका सम्पूर्ण कार्यालय तथा शिक्षण संस्थामा आज सार्वजनिक बिदा दिने निर्णय गरिएको बताएको छ ।

लोकप्रिय