ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ
काठमाडौं । ललिता निवास प्रकरणमा थप दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले तत्कालीन नायब सुब्बा रमेशकुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।
महर्जन नक्कली मोही बनेको पाइएको सीआईबीले जनाएको छ । यो प्रकरणमा पछिल्लोपटक समेत गरी ९ जना पक्राउ परिसकेका छन् । पक्राउ परेकामध्ये तीनजना अदालतको स्टे अर्डर देखाएर छुटेका छन् ।
विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि उक्त प्रकरणमा सिआइवीले अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया दिनुहोस्