अविरल बर्षापछि हुम्लामा बाढीले ३ घरमा क्षति
सुर्खेत । हिमाली जिल्ला हुम्लामा अविरल बर्षापछि आएको बाढीका कारण ३ घर क्षतिग्रस्त भएका छन् । जिल्लाको नाम्खा गाउँपालिका–३ खगालगाउँका ३ घरमा सोमबार बिहान लेदोसहितको बाढीले क्षति पु¥याएको स्थानीय यज्ञबहादुर शाहीले जानकारी दिएका छन् ।
भीषण वर्षापछि आएको बाढीले पेमा छिरिङ लामा, लुन्डुप रिञ्जिन लामा र छोईकी लामाको घरमा क्षति पु¥याएको उनले बताए । लेदोसहितको भल घरभित्र पसेपछि सामान, अन्नपात, भाँडाकुडा, लत्ताकपडा लगायतका सामग्रीमा क्षति पु¥याएको शाहीको भनाइ छ । लुन्डुप रिन्जिन लामाको घरमा एकातर्फको पर्खाल भत्किएर घरभित्र लेदो पसेको थियो ।
बाढीले खेतीयोग्य जमिन र बालीमा समेत क्षति गरेको हुम्लाका प्रहरी नायव उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । हाल प्रहरी घटनास्थलतर्फ गएको र प्रहरी पुगेपछि मात्रै क्षतिको विवरण आउने बताएका छन् ।

प्रतिकृया दिनुहोस्