सरकार बनाउने र ढाल्ने खेलमा हामीलाई इन्ट्रेस्ट छैन – सभापति लामिछाने

सरकार बनाउने र ढाल्ने खेलमा हामीलाई इन्ट्रेस्ट छैन – सभापति लामिछाने

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार बनाउने र ढाल्ने खेलमा रास्वपाको इन्टे«स्ट नभएको बताएका छन् । मंगलबार कैलालीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूहरू अस्थिरताको पक्षमा नरहेको प्रतिक्रिया दिए । बजेटले अहिले अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न नसक्ने जिकिर गरे ।

उनले भने, ‘हामी अस्थिरता नहोस् भन्ने चाहन्छौँ । तर, हामी अझै केही समय हेर्छौं । यही कर्मकाण्डी ढंगले चलिरहे कुनै न कुनै ढंगबाट आवश्यक निर्णय लिन्छौँ ।’

एमालेसँग मिलेर सरकार बनाउने प्रयास हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले अहिले आफूहरू सरकार बनाउने र ढाल्ने खेलमा नलागेको प्रष्ट्याए । उनले भने, ‘सरकार ढाल्ने विषयमा हामी सहभागी छैनौँ । त्यसमा हाम्रो इन्ट्रेस्ट पनि छैन । अहिले हामी पार्टी निर्माण, संगठन विस्तारमा लागिरहेका छौँ ।’

लोकप्रिय