नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य, गुल्सन र सन्दीपको उत्कृष्ठ साँझेदारी

नेपालले आयरल्यान्डलाई दियो २६९ रनको लक्ष्य, गुल्सन र सन्दीपको उत्कृष्ठ साँझेदारी

काठमाडौं । विश्वकप छनोट अन्तर्गत सातौँ स्थानका लागि भइरहेको प्रतिस्पर्धामा नेपालले टेस्ट मान्यता प्राप्त राष्ट्र आयरल्यान्डलाई २ सय ६९ रनको लक्ष्य दिएको छ । नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ६८ रन जोड्यो ।

नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले आठौँ विकेटका लागि ८० रनको साझेदारी गरेका थिए । नेपालले ७ रनमा अन्तिम ३ विकेट गुमाएर १६९.७ को अवस्थामा पुगेपछि सन्दीप र गुल्सनले उल्लेख्य पाली खेलेका थिए । गुल्सनले अविजित ५७ रन जोडे ।

सन्दीपले ३२ रन जोडेर आउट भए । नेपालका अर्जुन साउदले ४८, कुशल मल्लले ४४, रोहित पौडेलले २९ र भीम सार्कीले २० रन बनाए । कुशल भुर्तेलले ८, ज्ञानेन्द्र मल्लले ७ रन बनाए भने दीपेन्द्रसिंह ऐरीले खाता खोल्न सकेनन् ।

लोकप्रिय