छात्रामाथि बलात्कार गरेको आरोपमा शिक्षक पक्राउ
काठमाडौँ । प्रहरीले कक्षा ९ मा पढ्ने छात्रामाथि बलात्कार गरेको आरोपमा एक जना शिक्षकलाई पक्राउ गरेको छ । ललितपुरको लिटल फ्लावर स्कुल, शंखमुलमा पढ्ने नाबालिग छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले मंगलबार शिक्षकलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शिद्धीबिक्रम शाहले जानकारी दिए ।
पक्राउ पर्नेमा बागलुङ घर भई ललितपुरको कुपण्डोलमा बस्ने २३ वर्षीय अशोक परियार रहेका छन् । नाबालिग छात्रालाई प्रेमको प्रलोभनमा पारी बलात्कार गरेको भन्दै परिवारले आज परिसरमा जाहेरी दिएका थिए । जाहेरी दिएसँगै प्रहरीले शिक्षक परियारलाई हात्तीवनबाट पक्राउ गरेको हो ।

प्रतिकृया दिनुहोस्