एसईईको नतिजा प्रकाशनको अन्तिम तयारीमा

एसईईको नतिजा प्रकाशनको अन्तिम तयारीमा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल (नतिजा) प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । बोर्डले बुधबार वा बिहीबारसम्म नतिजा प्रकाशनको तयारी गरेको छ ।

परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार अहिले तथ्याङ्कको शुद्धाशुद्धी परीक्षण गर्ने काम भइरहेको छ । उक्त परीक्षण सकिएपछि नतिजा प्रकाशन हुनेछ ।

शुद्धाशुद्धी परीक्षणको काम सकिए तथा कुनै प्राविधिक समस्या नआए बुधबार साँझसम्म नतिजा प्रकाशन हुने छ । नभए बिहीबार नतिजा प्रकाशन गरिने छ । प्राविधिक काम सकिएमा बुधबार नै परीक्षा बोर्डको बैठक राख्ने तयारी छ । बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गर्नेछ ।

लोकप्रिय