नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । हिजो मंगलबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको मूल्य आज (बुधबार) बुधबार प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा आज चाँदी प्रतितोला ५ रुपैयाँ बढेको महासंघले जनाएको छ ।

लोकप्रिय