माओवादीहरू छिट्टै एकठाउँमा आउँने प्रचण्डको दाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वमाओवादीहरू छिट्टै एकतामा आउने बताएका छन् । माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी)ले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले माओवादीहरू छिट्टै एकैठाउँमा आउने र ०६४ को भन्दा शक्तिशाली पार्टी बन्ने दाबी गरेका हुन् ।
पार्टीका अध्यक्ष समेत रहेका उनले उनले माओवादी विभाजित हुँदा आन्दोलन र त्यसले स्थापित गरेको व्यवस्था नै कमजोर बनेको बताउँदै छिट्टै एउटै पार्टी बन्ने बताए । ‘हेर्दै जानुहोला सबै माओवादीहरू एउटै केन्द्रमा आउँछन् सबै संगठनहरू एउटै केन्द्रमा बन्नेछन्। र, पहिलाभन्दा धेरै परिपक्व हुन्छ,’ उनले भने, ‘एकता भएपछि हामी ०६४ को भन्दा बलियो हुन्छौं । र एउटा नयाँ परिस्थिति बन्छ ।’
अध्यक्ष प्रचण्डले पार्टी र नेतृत्वविरूद्ध घेरा हाल्ने, भ्रम फैलाउने र सखाप पार्ने सामन्ती प्रवृत्ति अझै कायम रहेको र त्यसकाविरूद्ध पार्टी निरन्तर लडाइँमै रहेको बताए ।

प्रतिकृया दिनुहोस्