ओलीको आक्रोश, प्रधानमन्त्रीको जवाफ होइन् राजिनामा चाहियो
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एक पुस्तक विमोचनमा आफूलाई प्रधानमन्त्री बनाउन दिल्ली धाएको अभिव्यक्ति दिएका थिए ।
सोही विषयलाई लिएर एमालेले बुधबार प्रतिनिधि सभाको बैठक अवरोध गरेको छ । प्रतिनिधि सभाबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले प्रधानमन्त्रीविरुद्ध आक्रोश व्यक्त गर्दै राजीनामा दिन माग गरेका हुन् ।
‘राष्ट्रिय स्वाभिमान र स्वाधिनता गिराउने खालको अशोभनीय र आपत्तिजनक रह्यो । हामीलाई जवाफ होइन, उहाँबाट राजीनामा चाहियो । उहाँबाट साह्रै भएन ?’ संचारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने ।

प्रतिकृया दिनुहोस्