धरान पुगेर एलिजा गौतमले गरिन् राजनीतिबाटै विश्राम लिएको घोषणा
काठमाडौं । नागरिक उन्मुक्ति पार्टीबाट राजनीतिमा आएकी एलिजा गौतमले संक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छिन् । धरान पुगेर उनले आफू दिन समाजसेवामा नै सक्रिय रहने र राजनीतिबाट विश्राम लिएको जानकारी दिएकी हुन् । उनले धरान उपमहानगरका मेयर हर्कराज राईको कामबाट प्रभावित रहेको पनि एक स्टाटसमार्फत उल्लेख गरेकी छिन् ।

‘उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैं उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । आज उहाँको श्रम शिविरस्थल पुगेर प्रत्यक्ष भेटवार्ता गर्ने अवसर मिलेको छ । म निकै खुशी छु । सो अवसरमा मेयर साहेबसँगै मैले पनि वृक्षरोपण गर्ने अवसर पाएँ । श्रम शिविरको लागि मैले आफ्नो व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेकी छु । यहाँहरूले पनि आफ्नो तर्फबाट साथ र सहयोग गरिदिनुहुन अपिल गर्दछु’, साम्पाङको प्रशंसा गर्दै गौतमले लेखेकी छिन्, ‘दलको सक्रिय राजनीति गर्नेहरूलाई एकचोटी धरान आएर मेयर हर्कजीको काम हेर्न अनुरोध गर्दछु । यसपटक म सामाजिक कामको सिलसिलामा धरान आएकी हुँ । मेरा आगामी दिन समाजसेवामा नै सक्रिय रहनेछन् । अहिलेलाई सक्रिय राजनीतिबाट विश्राम लिएको पनि यसै पोष्टमार्फत घोषणा गर्दछु ।‘

प्रतिकृया दिनुहोस्