एमालेद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

एमालेद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले राष्ट्रिय सभाको बैठकको कामकारबाही अवरुद्ध गरेको छ । राष्ट्रिय सभाको बिहीबारको बैठकमा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै अवरोध गरेको हो । राष्ट्रिय सभाको अर्को बैठक शुक्रबार साढे १२ बजेसम्मका लागि स्थगित भएको छ ।

एमालेका सांसद भैरव सुन्दर श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहालले असार १८ गते दिएको अभिव्यक्तिले नेपालको स्वाभिमान, राष्ट्रियता र राष्ट्रिय स्वाधिनतामाथि आँच आएको भन्दै राजीनामा दिनुपर्ने बताए । ‘प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । आज फेरि पनि हामी कुनै रहरले सदन बन्द गर्न गइरहेका छैनौं बाध्य छौं । स्वाधिन राष्ट्रलाई आँच आउने कुरा हुन्छ भने सह्य हुँदैन,’ श्रेष्ठले भने । श्रेष्ठले प्रधानमन्त्री कहाँबाट परिचालित छन् भनेर पनि प्रश्न गरेका थिए ।

लोकप्रिय