आजको मौसमः मध्यम देखि भारी बर्षाको सम्भावना
काठमाडौँ । अहिले देशमा मनसुनी वायुको प्रभाव छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
विषेश गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक, दुई स्थानमा मेघ, गर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ।
त्यस्तै आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्