ललिता निवास प्रकरणः थप दुई जना पक्राउ
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले मंगलबार थप दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र रहेको एसएसपी दिनेश आचार्यले जानकारी दिए । योसँगै यो पक्राउ पर्नेको कुल संख्या १४ पुगेको छ ।

प्रतिकृया दिनुहोस्