मीन बहादुर गुरुङको बयान, ‘मैले जग्गा किनेको हुँ, गल्ती गरेको छैन’

मीन बहादुर गुरुङको बयान, ‘मैले जग्गा किनेको हुँ, गल्ती गरेको छैन’

काठमाडौँ । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना आरोपमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ यतिखेर प्रहरी हिरासतमा छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले उनीविरुद्ध ‘संगठित सरकारी छाप र लिखत किर्ते’ मुद्दा चलाएको छ ।

ब्यूरोका अधिकृतहरूले गुरुङमाथि दुईवटा विषयमा अनुसन्धान गरिरहेका छन् । सिआईबीको मुद्दा नम्बर–२४ अन्तर्गत ‘जग्गा फिर्ता’ र मुद्दा नम्बर–२७ अन्तर्गत ‘निवास परिसर विस्तार सट्टापट्टा र सोधभर्ना’ सम्बन्धी कसुरमा उनी संलग्न छन् । करिब १३७ रोपनी जग्गा हिनामिनामा उनी समेत संलग्न रहेको केन्द्रीय अनुसन्धान ब्यूरोको निष्कर्ष छ ।

ललिता निवास प्रकरणमा पक्राउ गरिएका १४ जना आरोपितको बयान प्रहरीले ‘क्रस भेरिफाई’ गरिरहेको छ । तर, ललिता निवास प्रकरणमा आफ्नो गल्ती नभएको गुरुङले जिकिर गरेका छन् । ‘ललिता निवास क्याम्प भित्रको जग्गा मैले किनको हो,’ बयानमा मीनबहादुरले भनेका छन्, ‘गल्ती गरेको छैन ।’

लोकप्रिय