ललितानिवास जग्गा प्रकरणः समरजंग कम्पनीका सहलेखापाल पक्राउ
काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेल पक्राउ परेका छन् । प्रहरीले उनलाई काठमाडौंको चाबहिल क्षेत्रबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।
ललितानिवासको १४३ रोपनी जग्गाको जग्गाधनी गृह मन्त्रालय मातहतको समरजंग कम्पनी थियो । तर दर्ता स्रेस्ता सच्याएर उक्त जग्गा विभिन्न गुठी र व्यक्तिको नाममा नामसारी गरेर अनियमितता गरेको प्रहरीको दाबी छ । प्रकरणमा यस अघि विभिन्न क्षेत्रमा दुई दर्जन भन्दा बढि मानिसहरुलाई प्रहरीले पक्राउ गरीसकेको छ ।

प्रतिकृया दिनुहोस्