चट्याङ लागेर गुल्मीमा एक किशोरीको मृत्यु

चट्याङ लागेर गुल्मीमा एक किशोरीको मृत्यु

काठमाडौँ । चट्याङ लागेर गुल्मीमा १५ बर्षीया एक किशोरीको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर १ नेटा सिम्लेकी बेगबहादुर बलालकी १५ वर्षकी छोरी टीका बलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिएका छन् ।

बुधबार साँझ ६ बजे आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लाग्दा बलाल घाइते भएकी थिइन् । उपचारको लागि बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा उपचारको लागि लगिएको थियो । घाइते टीकाको बुर्तिबाङ स्वास्थ्य केन्द्रमा उपचारको क्रममा बुधबार राति १० बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

लोकप्रिय