हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

सुर्खेत । हुम्लाको कालिका क्षेत्र आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरले बिहीबार (आज) बिहान ११ बजेर १७ मिनेट जाँदा हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्प गएको जनाएको छ ।

पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जाने क्रम जारी छ । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रको रुपमा लिईदै आइएको छ ।

लोकप्रिय