पाकिस्तान ‘ए’ विरुद्ध नेपालको खराब ब्याटिङ, १३ ओभरमै ७ विकेट गुमायो
काठमाडौँ । एसिसी इमर्जिङ टिम्स एसिया कपमा नेपालले पाकिस्तान ए विरुद्ध निकै खराब ब्याटिङ गरेको छ । नेपालले सुरुवाती १३ ओभरमै ७ विकेट गुमाएर ६७ रनमात्र जोडेको छ । कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले यो समाचार तयार पर्दा सम्म १३.३ ओभरमा ७ विकेट गुमाउँदै ६७ रन बनाएको छ ।
नेपालका सोमपाल कामी र गुलशन झा क्रिजमा छन् । तीव्र गतिका बलर शाहबाज दाहानीले दोस्रो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेललाई एक रनमा बोल्ड गरे ।
पाकिस्तान ए लाई सिनियर टोलीका दोस्रो रोजाई बलर मोहम्मद वासिम जुयिनर र दाहानीले सुरुवात गरेका थिए । यी दुबै बलरले पाकिस्तानबाट खेल्दै आएका छन् । प्रमुख बलर घाइते भएमा मौका पाउने गर्दछन् । दाहानीकै चौथो ओभरको अन्तिम बाउन्सर बलमा एज लागेर क्याच आउट हुन पुगे ।
आसिफले १२ बलमा ३ चौका प्रहार गरे । पहिलो ओभरमै आसिफले पाकिस्तानका जुनियरलाई तीन चौका हानेका थिए । जुनियरको पाँचौं ओभरको पाँचौं बलमा रोहित पौडेल लेग साइडको बलमा एज लागेर विकेटकिपर मोहम्मद हरिसबाट क्याच आउट भए । रोहितले ४ बलमा १ चौकासहित ४ रन बनाए ।
जुनियरले भीम सार्कीलाई शून्यमा बोल्ड आउट गरे । जुनियरको बाउन्सर बलमा अर्जुन साउद स्क्वायर लेगमा १७ रनमा क्याच आउट भए । अर्जुनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । पवन सरार्फ दाहानीकै बलमा एक रनमा क्याच आउट हुन पुगे ।
दाहानीले १० ओभरमा २ मेडनसहित १० रन खर्चेर ४ विकेट लिएका छन् । जुनियरले ४ ओभरमा १ मेडनसहित ३० रन खर्चेर २ विकेट लिएका छन् । दाहानी र जुनियर दुबै पाकिस्तानको टोलीबाट खेल्दै आएका छन् ।
नेपालको प्लेइङ ११:
रोहित पौडेल (कप्तान, आसिफ शेख, सोमपाल कामी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, प्रतिश जिसी, गुलशन झा, अर्जुन साउद र पवन सरार्फ । एजेन्सी

प्रतिकृया दिनुहोस्