आदिकवि भानुभक्तको २१०औँ जन्मजयन्ती
काठमाडौं । वि.सं १८७१ सालमा आजकै दिन जन्मिएका भानुभक्त आचार्य २१०औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको काठमाडौंमा विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाइएको हो ।
उनको मोतिराम भट्टले नेपाली साहित्यमा चिनारी थप्ने काम गरेका हुन् । उनले प्रश्नोत्तर (१९१०), भक्तमाला (१९१०), वधूशिक्षा (१९१९) लगायतका कृति लेखेका थिए । आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा प्रज्ञा प्रतिष्ठानले शुक्रबार प्रभातफेरीको आयोजना गरेको थियो ।
प्रभातफेरीमा साहित्यानुरागीका अतिरिक्त सुरक्षा निकाय र विभिन्न स्कुल, कलेजका विद्यार्थीहरूको सहभागिता थियो । प्रभातफेरी कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पनि सहभागी थिए ।
भानुभक्तको मृत्यु १९२५ असोज ६ गते तनहुँको सतीघाटमा भएको थियो । नेपाली वाङ्ग्मयका आधारस्तम्भ मानिएका भानुभक्तलाई आजपर्यन्त देशविदेशका अध्येता, समालोचक एवं अनुसन्धाता विभिन्न दृष्टिले अध्ययन गरिरहेका छन् ।

प्रतिकृया दिनुहोस्