…जब मेसी सुपरमार्केटमा सामान किन्दै गरेको भेटिए
काठमाडौं । फुटबल समर्थकहरु मध्य लियोनल मेसीलाई नचिन्ने सायदै कमै होलान् । मेसी हालै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट अमेरिकन क्लब इन्टर मियामीमा अनुबन्ध भएका छन् । अमेरिकन क्लब इन्टर मियामीमा अनुबन्ध भएपछि परिवारसहित अमेरिका पुगेका मेसीलाई आइतबार क्लबले औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ । त्यसका लागि क्लबले मेसीका पोस्टर राख्दै भव्य सजावट समेत गरेको छ ।
क्लबले औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी गरिरहेका बेला मेसी भने अचानक एक सुपरमार्केटमा देखा परेका छन् । सुपरमार्केटमा पुगेर मेसीले खाद्यन्न सामाग्री किनेका फोटाहरु अहिले सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

बिहीबार राति उनी फ्लोरिडाको सबैभन्दा ठूलो चेन पब्लिक्स सुपरमार्केटमा खाद्यान्न सामाग्रीहरु खरिद गर्न पुगेका थिए । उनी आफैंले ट्रली गुडाउँदै सामान किनेको फोटाहरु अहिले सञ्जालमा भाइरल भएका छन् । एक सर्वसाधारण जसरी सुपरस्टार खेलाडी सुपरमार्केट पुगेपछि उनलाई देख्नेहरुले अचम्म मानेका थिए । कतिपयले मेसीको अटोग्राफ लिनेदेखि उनीसँग तस्बिर समेत खिचेका थिए ।
७ पटकको बालोन डीओर विजेता मेसी वार्षिक ५४ मिलियन डलरमा सम्झौता गर्दै आफ्नी श्रीमती एन्टोलेना र ३ छोरा थियायो (१०), माटेओ (७) र सिरोस (५)सँगै गत मंगलबार मियामी पुगेका थिए ।

प्रतिकृया दिनुहोस्