जुम्लामा चट्याङ लागेर ५० भेडा–बाख्रा मरे

जुम्लामा चट्याङ लागेर ५० भेडा–बाख्रा मरे

सुर्खेत । जुम्लामा चट्याङ लागेर ५० भेडा–बाख्रा मरेका छन् । जिल्लाको पातारासी गाउँपालिका–२ पेरेको दुगाडा पाटनमा चट्याङ परि ५० भेडा–बाख्रा मरेका छन् भने ७० वटा हराएका छन् ।

बिहिबार दिउँसो २ बजेतिर पाटन परेको चट्याङले ४२ वटा बाख्रा र ८ भेडा गरि जम्मा ५० वटा मरेको पातारासी गाउँपालिका भेट्नरी शाखा जुम्ला गगन केसीले जानकारी दिएका छन् ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार नेपालको सबै भन्दा बढि भेडा पालन हुने ठाउँ जुम्ला हो । तर हरेक वर्ष जस्तो पर्ने चट्याङका कारण ठुलो मात्रामा क्षति हुँदै आएको छ । हराएकाको खोजी कार्यजारीरहेको बताइएको छ ।

लोकप्रिय