कृषिका नाममा ब्रम्हलूट मच्याउने सञ्जिव साहमाथि गाँजा खेति गरेको समेत आरोप

कृषिका नाममा ब्रम्हलूट मच्याउने सञ्जिव साहमाथि गाँजा खेति गरेको समेत आरोप

सोहन पुर्वे पडरिया, सिरहा । कृषि फर्मको नाममा बैकं, वित्तिय संस्था र व्यक्तिहरूसँग लिएको करोडौँ रूपैयाँ लिएर फिर्ता नगरेपछि विवादमा फसेका सञ्जिव साहले बिगतमा गाँजा खेति गर्ने गरेको खुलासा भएको छ ।

महोत्तरीको भंगाहा निवासी सञ्जिवले भंगाहामा लहारी (रहड) खेतिको बिच भागमा विगाहाको विगाहा गाँजा खेति गर्ने गरेको उनलाई नजिकबाट चिन्नेहरूले खुलासा गरेका हुन् ।

सञ्जिवलाई नजिकबाट चिन्नेहरू मध्येका एक हुन् सिरहाको धनगढीमाई नगरपालिका – ४ का राकेशकुमार यादव । सञ्जिवले सरकारी अनुदान हत्याउने उदेश्य राखेर श्रीमती बबिता साहको नाममा खोलेको मोडर्न नेपाल कृषि फर्म नजिकै राकेशको घर छ । उक्त कृषि फर्म चलाउन आर्थिक समस्या परेको भन्दै सञ्जिवले केही दीनको लागि भनेर ४० लाख रूपैयाँ सापटी लिएका थिए । तर दुई बर्ष बिति सक्दा पनि सञ्जिवले सापट लिएको पैसा फिर्ता नदिएपछि राकेश कानुनी कारवाहिमा अग्रसर भएका छन् । सञ्जिवले दिएको चेक बाउन्स गरेर मुद्वा हाल्ने तयारीमा राकेश छन् ।

राकेश भन्छन्, ‘कृषि फर्मको नाममा लिएको करोडौँ पैसा दुई नम्बरी काममा लगानी गरेको भेटियो । पृष्ठभुमि बुझ्दै जाँदा सञ्जिवले पुर्ख्यौली थलो भंगाहामा लहारी खेतिको बिचमा गाँजा खेति समेत गर्ने गरेको थाहा भयो ।’

राकेशसँग जस्तै गोलबजारका धेरै ब्यापारीहरूसँग सञ्जिवले चेक दिएर पैसा सापट लिएको गोलबजार उद्योग व्यापार संघका अध्यक्ष विजयकुमार साहले बताए ।

अध्यक्ष विजयका अनुसार सञ्जिवले ४ बर्ष अघि गोलबजारका पप्पु साहसँग ५० लाख रूपैयाँ चेक दिएर ऋण लिएका थिए, कृषि फर्मका नाममा । त्यस्तै कृषि फर्मकै नाममा गोलबजारकै नरेश जैन, भुनेश्वर साह लगायतसँग पनि ५० लाख रूपैयाँ ऋण लिएका सञ्जिवले ऋण फिर्ता गरेका छैनन् । यस बिषयमा ऋण दिनेहरूले संयुक्त रूपमा सञ्जिव विरूद्व उजुरी दिएका छन् । अध्यक्ष विजय भन्छन्, ‘तर, सञ्जिव छलफलमा आईरहेको छैन, फटाहा रहेछ ।’

यता सञ्जिवसँगको लेनदेनकै बिषयमा गुनासो गर्न २ सयभन्दा बढि ब्यक्ति वडा कार्यालयमा आएका सञ्जिवले कृषि फर्म खोलेको धनगढीमाई–४ का वडाध्यक्ष ओम यादवले बताए । उसको अनाधिकृत आर्थिक लेनदेनले वडाकै बेईज्जत भएको वडाध्यक्ष यादवले बताए ।

सञ्जिवले उक्त कृषि फर्मको नाममा नेपाल एसबिआई वैंकको लहानस्थित शाखाबाट २४ करोड सहुलियत ऋण पास गरेकोमा १५ करोड रूपैयाँ निकालिसकेका छन् भने बाँकी ९ करोड रूपैयाँ साउन दोश्रो साता निकाल्ने तयारीमा छन् । ब्यक्तिहरूसँग पनि चेक दिएर सञ्जिवले १० करोड भन्दा बढि ऋण लिएको बताईन्छ । सञ्जिवकै कारण धनगढिमाई–४ निमचोकका ५० घरपरिवार दलित समुदाय बिल्लिबाठ बन्न पुगेकाछन् । ऋण फिर्ता माग्नेहरूलाई प्रधानमन्त्रि पुष्पकमल दहाल प्रचण्ड लगायत मन्त्रिहरू र नेताहरूसँग खिचेको फोटो देखाएर मेरो माथिसम्म पहुँच छ, तिमिहरूलाई जे पनि गर्नसक्छु भनेर तर्साउने गरेको बताईन्छ ।

गोलबजारकै पप्पुकुमार साहसँग सञ्जिवले ४ बर्षअघि ५० लाख रूपैयाँ ऋण लिएका थिए, चेक दिएर, त्यस्तै ४ बर्षअघि नै गोलबजारकै अरूण सिंह, नरेश जैन, भुनेश्वरप्रसाद साह लगायतसँग पनि ५० लाख रूपैयाँ ऋण लिएका थिए सञ्जिवले चेक दिएर । उनिहरूसँग लिएको जम्मा १ करोड रूपैयाँमध्ये अझै ४० लाख रूपैयाँ तिर्न बाँकीरहेको पप्पु साहले बताएका छन् ।

यतिबेला सिरहामा सञ्जिव साहको ठगि प्रकरण आम चासो र चर्चाको बिषय बनेको छ । पीडितलाई उनलाई कानूनको दायरामा ल्याएर आफुहरुले न्याय पाउनुपर्ने माग गरेका छन् ।

लोकप्रिय