जयनगरदेखि महोत्तरीको भंगहासम्म रेल चल्ने

जयनगरदेखि महोत्तरीको भंगहासम्म रेल चल्ने

काठमाडौँ । भारतको जयनगरदेखि आजबाट महोत्तरीको भंगहा स्टेशनसम्म रेल चल्ने भएको छ । जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर रेल सेवा संचालन हुन लागेको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । उनका अनुसार दिनको एकपकट जयनगरबाट भंगहासम्म रेल चल्नेछ ।

हरेक दिन विहान भंगहाबाट जयनगरका लागि रेल खुल्ने र बेलुकी जयनगरबाट भंगहा फर्किने रेल्वे तालिका बनाइएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले भंगहा स्टेशनमा रेल सेवाको उदघाटन गर्ने कार्यक्रम छ । यसअघि पहिलो चरणमा जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेल सेवा संचाल हुँदै आएको थियो ।

यात्रुको चापलाई मध्यनजर गरि आजैबाट रेलसेवा दिनको तीन पटक जनकपुर जयनगर खण्डमा रेल सेवा सुरु हुने महाप्रबन्धक झाले बताए ।

लोकप्रिय