पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्राणाली लागू
काठमाडौं । नेपाल आयल निगमले आइतबार मध्य रातिबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको छ । निगमको आइतबार बसेको बोर्ड बैठकले स्वचालित मूल्य कार्यविधि लागू गरेको हो ।
‘आज राति १२ बजेबाट लागु हुने गरी स्वाचलित मूल्य कायम गरेका छौं । डिजेलमा २ प्रतिशत र २.५ प्रतिशत नाफा लिने गरी सम्पूर्ण मूल्य स्वचालितमा जाने निर्णय गरेका छौं । एलपी ग्यासमा कुनै पनि नाफा नलिने घोषणा गरेका छौं,’ निगमले आयोजना गरेको पत्रकार सम्मेलनमा उद्योग सचिवले जनाएका छन् । निगमले यसअघिको भारतसँगको सबै वक्यौताहरु तिरिसकेको र नेपाल सरकारसँगको ३ अर्ब ५० करोड वक्यौता बाँकी रहेको बताएका छन् ।
पेट्रोलमा प्रतिलिटर ६, डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ र ग्यासमा प्रतिसिलिन्डर १० रुपैयाँ मूल्य घटेको छ । यसअघिको वर्गीकरणका आधारमा तय गरेको मूल्यमा समान रुपमा घट्ने गरेको आयल निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस्