स्थानीय सरकारको जिम्मेवारी के हो त ?

स्थानीय सरकारको जिम्मेवारी के हो त ?

जगदिश बस्नेत ।

अहिले आम जनतालाई संघीयता ठिक छैन भनेर आम मानिसलाई लाग्नुको मुख्य कारण पनि यहि हो कि कतै नीति नियम कानुनको पालना गर्दा स्वयम् जनप्रतिनिधिको बोलीमा मात्र जिम्मेवारी देखिनु व्यबहारमा उत्तर्दायी र जनमुखी नहुनु र संस्थागत काममा ब्यक्तिगत फाईदा बढि हेरिनु नै मुख्य कारक जस्तो लाग्छ ।

तेहि कारण संघियता माथि जनताको बिश्वास घटेको हुन सक्छ । सार्वजनिक पदमा आसिन व्यक्ति पारदर्शी हुनुपर्छ । उत्तरदायी हुनुपर्छ । हाम्रा जनप्रतिनिधि भने त्यस्ता छैनन् । जस्तो कि अघिल्लो पटक निर्वाचित थुप्रै जनप्रतिनिधि अपारदर्शी मात्रै होइन अटेर पनि देखिए । कानुन भन्छ, जनप्रतिनिधिले आर्थिक वर्ष सुरु भएको ९० दिनभित्र सम्बन्धित प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पत्ति विवरण बुझाउनुपर्छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० (१) ले नियुक्तिको ६० दिनभित्र र हरेक आर्थिक वर्ष कानुनबमोजिम सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण पेस गर्नुपर्ने प्रष्ट उल्लेख गरेको छ । तर, यो कानुन अटेर गर्दै १ सय ५२ तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएनन् । ७ सय ५३ स्थानीय तह भएको मुलुकमा त्यत्तिका धेरै तहका जनप्रतिनिधि अटेर निस्कनु निकै चुनौतीपूर्ण हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीका चाङको निष्कर्ष हो–स्थानीय तहमा भ्रष्टाचार धेरै छ । पारदर्शिताको कसिमा पनि स्थानीय तहका जनप्रतिनिधि कमसल सावित हुँदा भ्रष्टाचार निकै मौलाएको प्रष्ट हुन्छ ।

हरेक नागरिकको कर्तव्य हो, कानुनको पालना । जनप्रतिनिधिको काम कानुनको पालनामात्रै होइन, कार्यान्वयन पनि हो । तर स्थानीय तहका प्रतिनिधिहरू यस मामलामा निकै हदसम्म उनुत्तरदायी भए। मुलुकमा भ्रष्टाचार किन बढेको छ भन्ने यसैले प्रष्ट गरेको छ । कि, जनप्रतिनिधि नै पारदर्शी छैनन्। आफ्नो सम्पत्ति विवरण लुकाउँछन् । जोप्रति भ्रष्टाचारको आरोपको औंला ठडिएको छ, उनीहरू नै अपारदर्शी हुँदा आरोप झन् बलियो भएको छ ।

यसै पनि भ्रष्टाचारमा मुछिएका जनप्रतिनिधिको संख्या सानो छैन । अख्तियारले पनि थुप्रै जनप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा चलाउनु परेको छ । भ्रष्टाचार अख्तियारको सक्रियता, मुद्दा मामिलाले मात्रै नियन्त्रण हुने होइन। सबै नागरिक कर्तव्यनिष्ठ, सबै जनप्रतिनिधि र राष्ट्रसेवक पारदर्शी, इमान्दार भएमात्रै भ्रष्टाचार नियन्त्रण हुन्छ। यसका लागि उनीहरू आत्मैदेखि इमान्दार हुन जरुरी छ ।

सम्पत्ति विवरण नबुझाउने व्यक्तिलाई कारबाहीको कानुनी व्यवस्था पनि छ । सम्पत्ति विवरण नबुझाएको सार्वजनिक पदको व्यक्तिलाई पाँच हजार रुपैयाँ जरिवानामात्रै होइन, त्यस्ता व्यक्ति र परिवारमाथि अनुसन्धान हुनसक्छ । थुप्रै जनप्रतिनिधि, कर्मचारीले उक्त कानुनी व्यवस्थालाई अटेर गरे भने भ्रष्टाचार नियन्त्रण गर्ने निकायले सबैलाई कारबाहीको दायरामा ल्याउन काबु नराख्न सक्छ । गएको वर्ष जनप्रतिनिधिमात्रै नभई कर्मचारी समेत गरी १५ हजार जनाले सम्पत्ति विवरण बुझाउन अटेर गरेका थिए ।

यो निकै ठूलो संख्या हो । जबकी बुताले भ्याएसम्म र आफ्ना सिमितताबीच अख्तियारले सम्पत्ति विवरण नबुझाएका कर्मचारी वा पदाधिकारीबाट २ करोड ३३ लाख रुपैयाँ असुल गरेको थियो । नागरिक वा जिम्मेवार पदाधिकारीलाई कारबाही गरी राजस्व आम्दानी गर्ने राज्यको मनसाय हुँदैन । त्यतिका जरिवाना असुल हुनु कानुनको पालनाका हिसाबले उपलब्धि भए पनि भ्रष्टाचार नियन्त्रणको दीर्घकालीन उद्देश्यका निम्ति दुःखदै कुरा हो ।

अपराध र अर्थ आपसमा सम्बन्धित हुन्छन् । संसारमा भएका धेरै अपराधमा आर्थिक उपार्जनको उद्देश्यबाटै प्रेरित हुन्छन् भनिन्छ । यस अर्थमा सम्पत्ति विवरण पेस नगर्ने कुरा कानुन उल्लंघनको सामान्य कुरामात्रै होइन । यो त अपराधसँग जोडिन सक्छ । गैरकानुनी आम्दानी कसैले नगरोस् र गर्न नसकोस् भन्ने उद्देश्यले नै सम्पत्ति विवरण पेस गर्ने कानुन बनाइएको हो । यो सम्पत्ति शुद्धीकरणको विषय पनि हो।

सम्पत्ति शुद्धीकरण नेपालको मात्रै चासो र चिन्ताको विषय होइन । सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको पक्ष राष्ट्र पनि हो नेपाल गैरकानुनी आर्जनको मात्रा नेपालमा देखिँदै गयो, सम्पत्ति शुद्धीकरण सम्बन्धी कानुनको पालनामा कमजोरी हुँदै गयो भने नेपाल अन्तर्राष्ट्रिय रूपमा बहिष्करणको सूचीमा समेत दर्ज हुनसक्छ । तसर्थ यो अति संवेदनशील र गम्भीर मुद्दा हो ।

यस्ता गम्भीर मामलामा जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी नै गैरजिम्मेवार हुने हो भने राज्यलाई ठूलो नोक्सानी हुन्छ । त्यसको प्रत्यक्ष मार जनतालाई पर्छ । कार्यरत जनप्रतिनिधि यो मामलामा जिम्मेवार बनून् । पारदर्शी र जवाफदेही होऊन् । भ्रष्टाचार नियन्त्रणका लागि आफू र आफ्ना पालिकालाई कटिबद्ध बनाउन् । यससम्बन्धी प्रावद्र्धनात्मक र सचेतनाका कार्यक्रमहरू चलाउन् ।

संघियता ठिक छैन भनेर आम मानिसलाई लाग्नुको मुख्य कारण पनि यहि हो । स्थानिय सरकारको पुर्ण जिम्मेवारीमा आयको सहकारीमा देखियको एउटै सम्स्या हेरै स्थानिय सरकारको नैतिक धरातल कति कमजोर छ स्पस्टै देखिन्छ । जनप्रतिनिधिको जिम्मेवारी भित्र अधिकार क्षेत्र भित्र रहेको सस्थाको हालत बाट जनता कति पिल्सिएका छन यस बाट पनि धेरै कुरा सहजै अनुमान गर्न सकिन्छ ।

स्थानीय स्तरमा जनचाहना अनुरुपका आवश्यकता पूर्ति गर्न, स्थानीय नेतृत्वको विकास गर्न‚ स्थानीय तहमा छरिएर रहेको शक्तिलाई एकीकृत गरी परिचालन गर्न‚स्थानीय साधन स्रोत‚सीप‚ प्रविधि‚ क्षमता एमं अनुभवको अधिकतम परिचालन गर्न‚ लोकतन्त्रको स्थानीयस्तर देखी नै संस्थागत विकास गर्न‚ स्थानीय जनतामा राजनीतिको व्यवहारीक ज्ञान बृद्धि गर्न‚ स्थानीयस्तरको योजना व्यवस्थापन (योजना पहिचान‚ तर्जुमा‚ कार्यान्वयन‚ अनुगमन‚ प्रतिफल बाँडफाँड) मा स्थानीय निकायलाई नै जिम्मेवार र जवाफदेही बनाउन‚ शासन व्यवस्थापनमा जनताको सहभागिता प्रवर्द्धन गर्न जनतालाई स्थानीय स्तरमा नै सेवा सुविधा उपलब्ध गराउन‚ स्थानीय तहबाट नै शुशासनको स्थापना गर्न ।

लोकप्रिय