भारत ‘ए’ विरुद्ध नेपालको कमजोर ब्याटिङ
काठमाडौं । नेपालले एसिसी इमर्जिङ कपमा भारत ए विरुद्ध खराब ब्याटिङ गरेको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा भएको टसमा नेपालले जितेर पहिला ब्याटिङ रोजेको नेपालले यो समाचार तयार पर्दा सम्म १४ ओभरमा ५ विकेट गुमाउँदै ५० रन बनाएको छ । नेपालका लागि कप्तान रोहित पौडेल १३ र सोमपाल कामी २ रन बनाएर खेलिरहेका छन् ।
नेपालका ओपनर कुशल भुर्तेल भारतीय युवा तीव्र गतिका बलर हर्षित रानाको पहिलो ओभरको दोस्रो बलमै शून्यमा एलबीडब्लू आउट हुन पुगेका थिए । दोस्रो विकेटका लागि आसिफ शेख र देव खनालले २७ रनको साझेदारी गरेका थिए । तीव्र गतिका बल राजवर्धन हंगेगाकरको बलमा आसिफ एज लागेर विकेटकिपर धु्रब जुरेलबाट क्याच आउट भए ।
आसिफले १५ बलमा १ चौकासहित ७ रनमा आउट भए । राजवर्धनको बलमा एज लागेर स्लिपमा रियान परागबाट १५ रनमा क्याच आउट भए । देवले २१ बलमा ३ चौका प्रहार गरे । भीम सार्की हर्षित रानाको नवौं ओभरको पाँचौं बलमा एज लागेर ४ रनमा बोल्ड भएपछि नेपाल ३५९४ को खराब अवस्थामा पुगेको थियो । राजवर्धनकै दशौं ओभरको अन्तिम सर्ट बलमा कुशल मल्ल सेकेन्ड सिलिपमा शून्यमा अभिषेक शर्माबाट क्याच आउट भए ।

प्रतिकृया दिनुहोस्