सप्तकोशी किनारमा युवतीहरूको दुई समूह बिच कुटाकुट, एक पक्राउ
काठमाडौं । सप्तकोशी किनारमा युवतीहरूको दुई समूहबीच कुटाकुट भएको छ । सुनसरीको बराहाक्षेत्र नगरपालिका–१० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो ।
कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी राजकुमार राईका अनुसार १९ वर्षीया प्रिति लिम्बुलाई आइतबार राति पक्राउ गरिएको हो ।
कुटपिट घटना गत असार २९ गतेको हो । प्रितिसहित ५ जना युवतीको समूहले ३ जना युवतीमाथि कुटपिट गरेका थिए । १९ वर्षीया मनिषा राई, नाम नखुलेको १६ र १७ वर्षीया नाबालिगमाथि कुटपिट भएको हो । प्रहरीले अन्य ४ जनाको खोजी गरिरहेको बताएको छ ।
आरोपित लिम्बुमाथि अभद्र व्यवहारको कसुरमा म्याद थप गर्न जिल्ला प्रशासन कार्यालय सुनसरीमा लगिएको छ । कुटपिट गर्ने दुवै पक्षका युवतीहरू एउटै गाउँका रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्