पेट्रोलको मुल्य घटेसंगै सार्वजनिक यातायातको पनि भाडा घट्यो
काठमाडौँ । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगतै सार्वजनिक यातायातको भाडा घटेको छ । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो । विभागले यात्रुबाहक सवारी साधनमा २.१३ प्रतिशत, माल वाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको छ ।
घटेको भाडादर आजदेखि नै लागू हुने भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताएका छन् । त्यसको अनुगमन यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई जिम्मा दिइएको छ ।

प्रतिकृया दिनुहोस्