कमैया मुक्ति दिवसको अवसरमा कैलालीका ४ पालिकामा सार्वजनिक बिदा

कमैया मुक्ति दिवसको अवसरमा कैलालीका ४ पालिकामा सार्वजनिक बिदा

धनगढी । कैलालीका ४ स्थानीय तहमा आज (मंगलबार) सार्वजनिक बिदा दिइएको छ । कमैया मुक्ति दिवसको अवसरमा ४ पालिकाले मंगलबार स्थानीय बिदा दिइएको हो । कैलालीको टीकापुर नगरपालिका, जानकी गाउँपालिका, भजनी नगरपालिका र जोशीपुर गाउँपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको हो ।

पालिका सहित स्वास्थ्य संस्था, विद्यालयमा बिदा गरिएको पालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । नेपालमा बँधुवा मजदुरका रूपमा काम गर्दै आएका कमैयालाई तत्कालीन सरकारले २०५७ साल साउन २ गते मुक्त भएको घोषणा गरेको थियो । कमैया बस्नेमा थारु समुदायका व्यक्ति थिए । मुक्त कमैयाहरू कैलालीसहित कञ्चनपुर, बर्दिया, बाँके, दाङ लगायतका जिल्लामा रहेका छन् ।

सरकारले कमैया मुक्तिको घोषणा गरी उनीहरू सबैको पुनःस्थापना गर्ने र जीविको पार्जनमा सहयोग पु¥याउने प्रतिबद्धता जनाएको थियो । तर, कमैया मुक्ति घोषणाको २ दशक नाघेँ पनि अझै सबैको पुनःस्थापना भइसकेको छैन । पुनःस्थापना हुन नसकेका, छुट मुक्त कमैया कठिन जीवनयापन गर्न बाध्य छन् ।

लोकप्रिय